Program : Book Launch
Venue : Sahid Gangalal National Heart Centre, Kathmandu, Nepal
Date : 30th October, 3013
बुद्ध एयरको माउन्टेन फ्लाइटमा विमोचन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे (दायाँबाट दोस्रो), राष्ट्रकविपत्नी महाकाली घिमिरे, बुद्ध एयरका परिचारिकाद्वय अञ्जना कसपाल र करुणा राई तथा लेखक (पछाडि)। तस्बिरः गणेश राई/कान्तिपुर
काठमाडौं, पुस १२ – राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९४ वर्षका छन् । यो उमेरसम्म धेरै जनाको, धेरैपटक, धेरै ठाउँ, धेरै किसिमका, कसैका स्वदेशमा त कसैका विदेशमा समेत पुस्तक लोकार्पण गरिदिएका छन् । तर बिहीबार भने जीवनमै पहिलो पटक विश्वको सर्वोच्च शिखर आकाशमाथि अर्थात् बुद्ध एयरको हवाई जहाजभित्र पुस्तक विमोचन गर्न पाउँदा दङ्ग थिए ।
पुस्तकको नाम हो- ‘सीप अनि सफलता सँगै आनन्द ।’ लेखक हुन्- रमण नेपाली । पुस्तक विमोचनमा राष्ट्रकविपत्नी महाकाली घिमिरे र बुद्ध एयरका परिचारिकाद्वय अञ्जना कसपाल र करुणा राईले साथ दिएका थिए । ढाका टोपीमा सजिएका लेखक स्वयं आफ्नो पुस्तक दुई हातले उचालिरहेका थिए ।
‘चौरानब्बे वर्षको उमेरमा पहिलोचोटि हिमालको काख र त्यो माथिको आकाशमा यसरी किताब विमोचन गर्न पाउँदा पुलकित छु,’ राष्ट्रकवि घिमिरेले भने, ‘आज मैले फेरि गौरीशंकर, सगरमाथा हेर्ने मौका पाएँ । जहिले हेर्यो पहिलो चोटि देखेजस्तो लाग्छ । नछोएपनि छोएजस्तो भयो रोमाञ्चकारी लाग्यो ।’
‘हिमालचुली बोलाउँछ, पहिलो झुल्का निकाली…’ प्रसिद्ध राष्ट्रियगानका सर्जक घिमिरे आफ्नी पहिलो पत्नी गौरीको निधनपछि ‘गौरी’ शोककाव्य रचेका थिए । बिहानै हिमाल हेर्न तम्सिएका उनी गौरीशंकर हिमालप्रति श्रद्धा व्यक्त गर्दै सगरमाथा नेपालको गौरव र गौरीशंकर कुमारी हिमाल रहेको चर्चा गर्न भ्याए ।
विमोचित पुस्तकका लेखक पेशाले युवा उत्प्रेसक, ट्रेनर, टिम बिल्डर, क्यापासिटी बिल्डर हुन् । उनी आफूलाई ‘सपना विश्लेषक’ पनि भन्न रुचाउँछन् । टिम नोदन इन्टरनेसन संस्थामार्फत् करिब दस वर्षदेखि देशका कुना कन्दरासम्म चहारेका छन् । अहिले भने पीआर फाउन्डेसनको प्रतिनिधित्व गर्छन् । यसअघि ‘माल पाएर पनि चाल नपाएका मित्रलाई पत्र’ पुस्तक ल्याइसकेका छ । जसको हातमा शक्ति भएर पनि आफूलाई सही बाटोमा डोर्याउन सकेका छैनन्, तिनैलाई बाटो पहिल्याउन प्रेरित गर्नेछ ।
‘यो आफ्नै अनुभवलाई संगालिए लेखिएका स्वदेशी अनुभव हुन्,’ उनले आफ्नो कृतिबारे भने, ‘स्वदेशमै सीपयुक्त, कामलाग्ने, गतिलो, उपयोगी व्यक्ति भएर र आफ्नै जीवनदेखि देखाउन सक्ने सूत्र पहिल्याएको छु ।’
पुस्तकमा विकास, शान्ति, आनन्द, मानव र प्रगति पात्रका माध्यमबाट देशको भौगोलिक, कृषिमा आधारित पर्यटन, प्राकृतिक स्रोत सम्पदाको उपयोग तथा आत्मनिभर हुने उपायबारे चर्चा गरिएको छ ।
प्रकाशित मिति: २०६९ पुस १२ ०६:०१
संसारकै सबैभन्दा दुर्गम र पिछडिएको उच्च हिमली भुभाग उपल्लो डोल्पामा सबैभन्दा पहिलो र एक मात्र नेपाली मात्रको साथ र सहयोगबाट संचालित “यक्षेर प्राथमिक विधालय” का संस्थापक बिनोद साही र राष्ट्र निर्माणमा केही समय देखी समर्पित प्रभा रमण फाउन्डेसन को मिती २०६९ साल बैशाख १८ गते बसेको बैठक मा डोल्पा क्षेत्र को शैक्षिक बिकास का निम्ती थालिएको यस काम मा सहकार्य गरी आबस्यक सहयोग पुर्यौउने निर्णय बमोजिम हालका लागी केही नगद सहयोग प्रदान गरी भविष्यमा डोल्पा क्षेत्रको अवलोकन गरी उचित कर्ययोजनका साथ सहकार्य गरिने छ ।
Program : Couple Retreat
Venue : Dhulikhel Village Resort, Kavre, Nepal
Date : 4th and 5th May 2012
Highlights of the Program:
On the occasion of 1st Anniversary of Prava Raman Foundation, 3rd Anniversary of Team Nodan International and rice feeding day of Pragati, a grand celebration was organized in Summit Hotel, Kupondole, on 5th Baisakh, 2069.
Objective:
Activities in Detail:
The programme started at 6pm when guests including the creator of National Anthem: Byakul Maila and other various personalities arrived in the venue. Along with the glass of juice served, the programme formally started when Resika K.C. delivered her welcome speech and gave a brief introduction about Prava Raman Foundation. The stage was then handed over to Dibit Aryal, who provided introduction of Team Nodan International and its activities. After that, Mr. Raman Nepali, along with his inspiring words and experience, presented the photo slides and video of his marriage ceremony.
At about 7 pm, the book “Mal Payera Pani Chal Napayeka Mitra Lai Patra” written by Raman Nepali was formally launched by his father, Rishi Ram Bhattrai and his mother Cheena Maya Bhattrai which was followed by their speech on his childhood days and his way of living. Finally the floor was open for all the guests for their encouraging words, among them were Mr. Yogendra Khatiwada, Mr. Indra Rai and others who wished good lucks and success.
The formal programme there after ended and the guests headed towards rice feeding ceremony of Pragati as well as to write their wishes on the Red Book. As the evening went deeper the guests were busy having dinner and informal chats.
The programme was successfully accomplished with a vision that led Prava Raman Foundation towards paths of Nation Building and achieving its objective efficiently.
Highlights of the book (Why this book is written)